
काठमाण्डौं ।
गत सोमबार बिहान टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २० हजार नाघेको छ ।

तर संयुक्त राष्ट्र संघका अनुसार भूकम्पले पूर्याएको वास्तविक क्षतिको अझै यकिन हुन सकेको छैन् । उद्धारकर्ताहरुले अझै पनि जीवित व्यक्ति भेटिने आशमा खोजी कार्य जारी राखेका छन् ।

भूकम्प गएको १०० घण्टाभन्दा बढी समय भइसक्दा भग्नावशेषमा पुरिएका मानिसहरुलाई जीवित भेट्ने सम्भावना क्षिण हुँदै गएको टर्की र सिरियाका अधिकारीहरुले जनाएका छन् ।
टर्कीका अधिकारीका अनुसार टर्कीमा मात्र मुत्यु हुनेको सङ्ख्या झण्डै १७ हजार १३४ भन्दा बढी छ भने सिरियामा ३ हजार १६२ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।
