Skin_Hospital_Dhn

रास्वपा सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट

धनगढी ।
इन्जिनियर प्रकाश विष्ट रास्वपा सुदूरपश्चिमको सभापतिमा सर्वसम्मत चयन भएका छन् ।

हिजो (बिहीबार) धनगढीमा बसेको रास्वपाको प्रदेश विस्तारित बैठकले सभापतिमा विष्टलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

पेशाले इन्जिनियर रहेका विष्टले इमबेडेड सिस्टम्समा स्नातकोत्तर गरेका छन् भने करिब १५ वर्ष भारतमा बसेर हनीवेललगायतका विभिन्न अन्तर्राष्ट्रिय स्तरका कम्पनीहरुमा आबद्ध भएर प्राविधिक, कम्पनी म्यानेजर र व्यवस्थापक भएर काम गरेको अनुभव उनीसँग छ । सो क्रममा उनले जर्मन र यूएसलगायतका मुलुकमा पनि काम गरिसकेका छन् ।

उनि चार वर्षअघि भारतबाट कैलाली फर्किएर व्यवसाय तथा कृषि उपकरण आविष्कारको क्षेत्रमा काम गरिरहेका छन् । विष्ट सामाजिक रुपान्तरण र न्यायका लागि आफू पनि सक्रिय राजनीतिमा आएको बताउँछन् ।

बिहीबार नै पार्टीका महामन्त्री मुकुल ढकालबाट पद तथा गोपनीयताको शपथ लिएका विष्टले ४३ सदस्यीय प्रदेश समितिसमेत विस्तार गरेका छन् ।

पार्टीको प्रदेश महामन्त्रीमा भोजराज जोशी चयन भएका छन् भने उपसभापति र सहमहामन्त्री चयन गर्न बाँकी छ । ४६ सदस्यीय प्रदेश समितिमा ३ जना सदस्य मनोनीत गर्न बाँकी रहेको रास्वपाले जनाएको छ ।

अब प्रदेश समितिले पदाधिकारी र बाँकी रहेका सदस्य मनोनित गर्दै पूर्णता दिनेछ भने प्रदेश समितिका सदस्यहरुबाटै ९ वटै जिल्लाका संयोजक र सहसंयोजक पनि चयन गरिने बताइएको छ ।

सम्बन्धित
Loading...