
धनगढी ।
नवनियुक्त सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले अहिले ३ः३० बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री शाहलाई शपथ गराउने कार्यक्रम अहिले ३ः३० बजे तय भएको हो ।

शपथ लिएपश्चात मुख्यमन्त्री शाहले आजै २ जना मन्त्री पनि नियुक्त गर्ने भएका छन् । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट एकएक जनालाई आजै मन्त्री नियुक्त गर्ने तयारी गरिएपनि को को मन्त्री बन्ने भन्ने अझै पक्का भइसकेको छैन ।

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्र रावलले संसदबाट विश्वासको मत लिन नसकेपछि बिहीबार प्रदेश प्रमुख जोशीलाई आफ्नो राजीनामा बुझाएका थिए ।
संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री नियुक्त कांग्रेस संसदीय दलका नेता शाहले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
