Skin_Hospital_Dhn

इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलन सम्पन्न

काठमाडौँ ।
अबुधाबीमा इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलन हिजो (बिहीबार) सम्पन्न भएको छ ।

संयुक्त अरब इमिरेट्सको अबुधाबीमा २०७९ माघ २४ देखि २६ गतेसम्म सञ्चालन भएको इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलन बिहीबार सम्पन्न भएको हो ।

नेशनल सेन्ट्रल ब्युरो (एनसिबि) काठमाडौँ नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा समेत उक्त सम्मेलनमा सहभागी हुनुभएको थियो ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरूबिच आर्थिक, अपराध, मानव बेचबिखन, साइबर अपराध र आतङ्कवाद जस्ता अन्तर देशीय अपराधहरूको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरूमा बृहत् छलफल भएको थियो ।

सम्बन्धित
Loading...