Skin_Hospital_Dhn

सामाजिक सञ्जाल ह्याक गरी ५० हजार रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ ।
सामाजिक सञ्जाल प्रोफाइल ह्याक गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

 

अमेरिकामा बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाइल ह्याक गरी रकम ठगी गरेको अभियोगमा कास्की जिल्लाको पोखरा महानगरपालिका—१९ लामाचौर घर भएका २३ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

 

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार प्राविधिक सबुत, प्रमाण र ह्‍यूमन इन्टेलिजेन्सको आधारमा प्रोफाइल ह्याक गरी सोही प्रोफाइल मार्फत सरसहयोगको विभिन्न बहाना बनाई डिजिटल वालेटहरूमा रकम पठाउन लगाई एक पीडितको साथबाट नगद ५० हजार रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ परेका आशिषमाथि साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट २ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
Loading...