कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–२ सितापुरबाट लागूऔषधसहित धर्मेन्द्र शाह हिजो (मंगलवार) पक्राउ परेका हुन् ।
टीकापुर नगरपालिका–२ सितापुरबाट बस्ने २० वर्षीय धर्मेन्द्र शाहलाई २२० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।