सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले ९८ जना कर्मचारी माग गर्‍यो

धनगढी ।
सुदूरपश्चिम प्रदेश लोक सेवा आयोग कार्यालयले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा तर्फ ९८ जना कर्मचारी माग गरेको छ । प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा तर्फ सहायक चौथो तहका अप्राविधिक पदहरुमा ९८ कर्मचारी माग गरेको हो।

 

जसमध्ये ५५ जना खुला, १५ जना महिला, १८ जना आदिवासी जनजाती, ७ जना मधेशी, २ जना दलित र १ जना थारु÷रानाथारु समुहका लागि विज्ञापन खोलिएको छ। विज्ञापनका लागि फागुन १७ गते सम्म आवेदन दिने म्याद तोकिएको छ।

 

जसमा दोब्बर दस्तुर तिरेर भने फागुन २४ गते सम्म आवेदन दिन सकिने छ। समावेशी समुहका लागि भने थप १५० तिर्नुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ । आवेदकले अनलाइनबाट फारम भर्न सक्ने जनाइएको छ।

Kanun123

 

 

Kailali_mahotsab
सम्बन्धित
Loading...