विश्व वातावरण दिवसमा क्याम्पसरोडदेखि ५०० मिटर पूर्व–पश्चिमसम्म सरसफाई

Gaurishankar Dental

धनगढीः विश्व वातावरण दिवसका अवसरमा धनगढीको क्याम्पसरोडदेखि ५०० मिटर पूर्व र ५०० मिटर पश्चिमसम्म सरसफाई अभियान सम्पन्न गरिएको छ । एरिष्टो माविद्वारा विश्व वातावरण दिवसका अवसरमा सरसफाई अभियान गरिएको हो ।

आज जुन ५ का दिन विश्व वातावरण दिवसको अवसर पारेर एरिष्टो माविका विद्यार्थी र शिक्षकद्वारा सरसफाई अभियान सम्पन्न गरिएको विद्यालयले जनाएको छ । वातावरण सरसफाई सम्बन्धी समाजलाई जागरुक गर्ने हेतुले सरसफाइ अभियानमार्फत विद्यार्थीले मानव जीवनका लागि स्वच्छ वातावरण अपरिहार्य भएको सन्देश दिएका छन् ।

Loading...