Skin_Hospital_Dhn

आज सुनको मूल्य घट्यो

काठमाडौँ: हिजो (मंगलबार) नेपाली बजारमा अहिलेसम्मकै सर्वाधिक महँगो भएको सुनको मूल्य आज फेरि घटेको छ।

आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

छापावाल सुनको मूल्य आज एक लाख ४२ हजार दुई सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको मूल्य १ लाख ४२ हजार सात पुगेको थियो। यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो।

आज तेजाबी सुनको मूल्य एक लाख ४१ हजार पाँचसय रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ। हिजो एक हजार ८ सय ६० कायम भएको चाँदीको मूल्य आज एक हजार ८ सय २५ मा झरेको महासंघले जनाएको छ।

सम्बन्धित
Loading...