Skin_Hospital_Dhn

बझाङका पत्रकार सिंहलाई वातावरण पत्रकारिता पुरस्कार

धनगढी: बझाङका पत्रकार वसन्तप्रताप सिंहले वातावरण पत्रकारिता पुरस्कार–२०२३ पाउने भएका छन्।

नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले ‘विश्व वातावरण दिवस–जुन ५’ को वातावरण पत्रकारिता पुरस्कार–२०२३ सिंहलाई प्रदान गर्ने निर्णय गरेको हो। सिंहलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने नेफेजले जनाएको छ।

सन् २०२३ भरी वातावरण र दिगो विकासका विषयमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रममध्येबाट छनोट गरी मूल्यांकन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेफेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

समूहले प्रत्येक वर्षको ५ जुनमा पत्रकारको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। पुरस्कारका लागि नेफेजले आवेदन दिन आह्वान गरेको थियो।

नेफेजद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२३’ पाउने सिंह ३७औँ पत्रकार हुन्। यो पुरस्कार नेफेजको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिने जनाइएको छ।

सम्बन्धित
Loading...