Skin_Hospital_Dhn

कर्णाली नदिमा नुहाउने क्रममा डुबेर प्युठानका एक जना बेपत्ता

धनगढीः कर्णाली नदिमा नुहाउने क्रममा डुबेर प्युठानका एक जना बेपत्ता भएका छन् । जिल्लाको मोहन्याल गाउँपालिका–४ कठ्युर मोहन्याल सामुदायीक वनमा खोटो निकाल्ने काम गर्ने प्युठानका धनबहादुर पुन डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्युठानको स्वर्गद्वारी नगरपालिका–१ का ४१ वर्षीय धनबहादुर पुन कर्णाली नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय पण्डौन कैलालीबाट प्रहरी टोली खटिई खोजतलास भईरहेको छ । उनको हालसम्म लाश फेला नपरेको प्रहरीले बताएको छ । उनको खोजतलास तथा अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...