Skin_Hospital_Dhn

कैलालीमा हावाहुरीले रुखको हाँगा खस्दा एक बालिकाको मृत्यु

धनगढीः कैलालीमा हावाहुरीले रुखको हाँगा खस्दा एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको टीकापुर नगरपालिका–१ बिशालनगरकी १५ वर्षीया प्याउरी बि.क.को हिजो (बुधवार) मृत्यु भएको हो । हावाहुरीका कारण घर नजिकै रहेको साजको रुख घरको आगनमा ढलेर उनको गर्धनमा हाँगा लागेर च्यापिएपछि घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

सम्बन्धित
Loading...