Skin_Hospital_Dhn

कैलालीका दुई स्थानमा आगलागी

धनगढीः कैलालीका दुई स्थानमा आगलागी भएको छ । आज (बुधवार) जिल्लाको जोशीपुर गाउँपालिका–२ का दिनेश जेठाराको भान्सा कोठामा र गौरीगंगा नगरपालिका–१ का तुलबहादुर पहराईको गोठमा आगलागी भएको हो ।

दिनेश जेठाराको भान्सा कोठामा खाना पकाउनको लागि बालेको आगोबाट भान्सा कोठा संगै जोडीएको १ कोठे गोठमा आगलागी भएको हो । गोठमा आगलागी हुँदा २ वटा बाख्रा जलेर मरेका छन् भने ३ वटा बाख्रा जलेर घाईते भएका छन् । आगलागीबाट खाद्यान्न, साईकल लगायतका समान गरी अन्दाजी १ लाख ८० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै, तुलबहादुर पहराईको गोठमा आगलागी भएको छ । आगलागी हुँदा गोठ र गोठ भित्र रहेको काठपात, भुसा लगायतका सामान गरी अन्दाजी ३ लाख ५० हजारको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । पहराईको गोठमा आगलागी हुँदा १ वटा भैसी र १ वटा बाख्रा जलेर घाईते भएको बताइएको छ ।

सम्बन्धित
Loading...