
बझाङ: बझाङमा बँदेलको आक्रमणबाट दुईजना घाइते भएका छन्।

घाइते हुनेमा जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौराका १७ वर्षीय सुन्दर आग्री र ६१ वर्षीया खिन्ता आग्री रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरीका अनुसार बुधबार सोही वडास्थित जङ्गलमा गोरु बाख्रा चराइरहेका बेला उनीहरुलाई बँदेलले आक्रमण गरेको थियो। बँदेलको आक्रमणबाट घाइते सुन्दरको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको र खिन्तालाई धनगढी रिफर गरिएको प्रहरी जनाएको छ।
