Skin_Hospital_Dhn

झिनो अंकले घट्यो नेप्से, कति भयो कारोबार ?

काठमाडौंः आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । साताको अन्तिम कारोबारको दिन आज (बिहीबार) बजार बन्द हुँदा नेप्से १.९३ अंकले घटेर २०७७.७८ विन्दु कायम भएको छ ।

बजार झिनो अंकले घटेको भएपनि कारोबार भने ४ अर्ब बढीको भएको छ । आज ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार रुपैयाँ बराबरको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर ५९ हजार ६५० पटक किनबेच भएको छ ।

बिहीबार ३२२ कम्पनीको शेयर कारोबार हुँदा १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

बिहीबार सेन्सेटिभ इन्डेक्स १.२७ अंकले, फ्लोट इन्डेक्स ०.३५ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५२ अंकले घटेको छ ।

१३ वटा समूहमध्ये ५ समूहको शेयर मूल्य बढेको छ भने ८ समूहको शेयर मूल्य घटेको छ । आज फाईन्स समूहकोको सबैभन्दा बढी मूल्य घटेको छ भने ट्रेडिङ समूहको सबैभन्दा बढी बढेको छ । फाइन्सको ४५.८७ अंकले घटेको छ भने ट्रेडिङको ५८.३५ अंकले बढेको छ ।

आज इमर्जिङ नेपाल, मिड सोलु हाइड्रोपावर र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

सम्बन्धित
Loading...