
धनगढी ।
कैलाली र कञ्चनपुरबाट अवैध भन्सार छलीका सामान बरामद गरिएको छ । कञ्चनपुरको वेलौरीबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै स्थानबाट एक ६० किलो अवैध माछा बरामद गरिएको छ।

ईलाका प्रहरी कार्यालय गड्डा चौकी कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले भन्सार छलीका करिब ६० हजार ६८० मुल्य बराबरका कम्बल र कपडा समेत बरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाईएको प्रहरीले जनाएको छ।

त्यस्तै प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले सुर्ती, सुपारी, विडी लगायत करिब १२ हजार मुल्य बराबरका भन्सार छलीका सामान बरामद गरी कारवाहीका लागि सम्बन्धित निकायमा पठाएको प्रदेश प्रहरी कार्यालयले छ।
