
दार्चुलाः दार्चुलामा भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन् । महाकाली नगरपालिका–४ खंलगा स्थित तिंकर सडक खण्डमा रहेको धन लक्ष्मी स्टोर एण्ड सप्लायर्सको गोदामबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ३ हजार ७५ मूल्य बराबरको सामान बरामद गरिएको हो ।

प्रहरीले सामानसहित गोदाम सञ्चालक व्यास गाउँपालिका–६ बस्ने तोयराज भट्टलाई नियन्त्रणमा लिएको छ । उक्त गोदामबाट चिनी, मैदा, आटा, चामल, पशु आहार लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

भट्टसहित नियन्त्रणमा लिएको सामानलाई भन्सार कार्यालय दार्चुलामा बुझाएको बताइएको छ ।
