Skin_Hospital_Dhn

प्रधानमन्त्री कार्यालयमा पाँच वर्षदेखि थन्किएको शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौंः प्रधानमन्त्री कार्यालयमा पाँच वर्षदेखि थन्किएको शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेको ४ सय ९९ पेजको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन–२०७५ मन्त्रालयले हिजो (बिहीबार) सार्वजनिक गरेको हो ।

तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित २५ सदस्यीय टोलीले तयार गरेको प्रतिवेदन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारको हलमा भव्य समारोह आयोजन गरी २०७५ साल माघ १ गते अर्थात् माघे संक्रान्तिको दिन हस्तान्तरण गरेको थियो ।

त्यस बेलादेखि सार्वजनिक हुन नसकेको सो प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको पहलमा हिजो बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शिक्षा मन्त्रालयमा पुगेको हो । नेपाल समाचारपत्रबाट साभार

सम्बन्धित
Loading...