Skin_Hospital_Dhn

जनमतका सतिश कुमार सिंहको मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश

जनकपुरधामः जनमत पार्टीका सतिश कुमार सिंहले मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष सिंहले दाबी पेस गरेका हुन् ।

सतिशलाई मधेसमा जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ गरी ५५ सांसदको समर्थन छ ।

जनता समाजवादी पार्टी (जसपा)नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय छ ।

सम्बन्धित
Loading...