Skin_Hospital_Dhn

नेपाली सेनाका जवान श्रीमतीको हत्या गरि खुकुरीसहित फरार

दाङः नेपाली सेनाका एक जवानले श्रीमतीको हत्या गरेका छन् । शुक्रबार बिहान सवा ८ बजेतिर दाङको तुलसीपुर उपहानगरपालिका– ६ लुङ्ग्री टोलमा श्रीमती २७ बर्षीया टीका बुढाथोकीको हत्या पछि उनी फरार भएका हुन् ।

खुकुरी प्रहार गरि शालिकरामले श्रीमति टीकाको हत्या पछि फरार भएको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीको आरोप छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

सम्बन्धित
Loading...