
बझाङः बझाङमा लागुऔषध सेवन, साइबर अपराध, बालविवाहसम्बन्धी सचेतनामुलक कार्यक्रम गरीएको छ।
प्रगतिशिल युवा समाज वल्डभिजन इन्टरनेशनल नेपालको आयोजना जिल्ला प्रहरी कार्यालय बझाङको सहकार्यमा लागुऔषध सेवन, साइबर अपराध, बालविवाहसम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको हो।


हिजो (बिहीबार) जिल्लाको जयपृथ्वी नगरपालिका-१ मा रहेको कैलास माध्यमिक विद्यालय पिमीमा कक्षा ६, ७, ८, ९ र १० मा अध्यनरत एक सय भन्दा वढी विद्यार्थीको सहभागितामा कार्यक्रम गरीएको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक आनसिङ धामीले लागुऔषध साईवर अपराध बारे किशोर अवस्थाका जानी नजानी फस्ने भएकोले त्यसबाट बच्ने आफुले अपनाउनु पर्ने उपाए र लागुऔषध भित्र पर्ने गाँजा, हिरोइन, कोकिन आदिले स्वास्थ्यमा पर्ने असरको वारेमा प्रशिक्षण दिए।
कार्यक्रमा बोल्दै प्रगतिशिल युवा समाजकी कार्य समिति सदस्य कल्पना शाहीले युवायुवतीहरू सानै उमेरमा बिहे गर्ने जानी नजानी लागुऔषध सेवनमा संलग्न नहुन भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरीएको हुँदा आउँदा दिनहरूमा कार्यक्रमा सिकाइएका कुराहरू व्यवहारमा लागू गरी अब आउने पुस्ताले समाज रूपान्तरणको भूमिकामा लाग्नुपर्ने बताइन्।
