काठमाडौं ।
राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंहलाइ प्रहरीको लाठी चार्ज गरेको छ।।
शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीले उनीमाथि लाठीचार्ज भएको हो ।
राष्ट्रपतिको सवारीको समयमा निस्किएको भन्दै प्रहरीले उनलाई पिटेको ट्रमा सेन्टरका अस्पतालका चिकित्सक डा. रुपेश यादवले जानकारी दिए ।
‘अप्रेशनमा सँगै थियौं,’ उनले भने, ‘अप्रेशन सकेर निस्कने क्रममा अस्पताल अगाडि नै प्रहरीबाट पिटिनुभएछ।’
चिकित्सकको कार्ड देखाउँदा–देखाउँदै प्रहरीले लाठि प्रहार गरेको डा. यादवले बताए। कुटाइबाट डा. सिंहको निधार र हातमा चोट लागेको छ।
डा. सिंहले एकपटक वान्ता गरेको र निधारमा रगतसमेत जमेकाले आईसीयूमा भर्ना गरिएको डा. यादवले बताए।