Skin_Hospital_Dhn

मधेश प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

जनकपुरधाम: जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार  सिंह मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत सदस्यको समर्थन दाबी पेश गरेपछि सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

जसपा नेपालको संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीका रूपमा प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि बुधबार प्रदेश प्रमुख सुवेदीले शुक्रबार १० बजेको समय सीमा तोकी संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्ति प्रयोजनका आह्वान गरेकी थिइन्।

सिंहको नेतृत्वमा सरकार गठनका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका ५५ सदस्यको समर्थनसहित आजै बिहान दाबी पेस गरिएको छ।

सम्बन्धित
Loading...