Skin_Hospital_Dhn

१० दिनदेखि आमाछोरा बेपत्ता, खोजी गरिदिन अनुरोध

रुकुम पश्चिमः रुकुम पश्चिमको मुसीकोटबाट ६ वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी छन्। मुसीकोट नगरपालिका –१ मठ निवासी २२ वर्षीया मञ्जु सार्की खड्का आफ्नो ६ वर्षको छोरा प्रतीक खड्कासँगै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

कार्यालयका सूचना अधिकारी बखतबहादुर शाहीका अनुसार जेठ १५ गतेदेखि आमाछोरा सम्पर्कविहीन भएको भन्दै मञ्जुका श्रीमान् रामबहादुर खड्काले खोजी गर्न निवेदन दिएका छन्।

उनले जेठ १९ गते खोजी कार्यका लागि र जेठ २३ गते कल डिटेल जाँचको मागसहित प्रहरीमा निवेदन दिएका हुन्। प्रहरी निरीक्षक शाहीले बेपत्ता आमा छोराको खोजी कार्य जारी राखेको बताए।

उनले हुलिया परिपत्र गर्नुका साथै कल डिटेलको समेत प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिए। घरपरिवारबाट सम्पर्कविहीन आमाछोरालाई देख्ने वा भेट्नु हुनेले नजिकैको प्रहरी चौकी वा आफन्तजनलाई सम्पर्क गरिदिन अनुरोध गरिएको छ।

सम्बन्धित
Loading...