Skin_Hospital_Dhn

मुलुकमा पश्चिमी वायुको प्रभाव, कर्णाली र सुदूरपश्चिमका पहाडी भू—भागमा हिमपात

काठमाण्डौं ।
हाल मुलुकमा पश्चिमी वायुको प्रभाव रहेको हुँदा पहाडी भू—भागमा मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज (शनिवार) प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

आज दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । त्यस्तै, प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका एक दुई स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति पनि प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रहने भएको छ । प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको आकलन छ।

त्यस्तै, तराईका केही भूभागमा बिहानैदेखि हुस्सु र कुहिरो लागेका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित
Loading...