Skin_Hospital_Dhn

कृष्णपुर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि समैजी मावि किचाइलाई

गुलरिया ।
कृष्णपुर नगर स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि समैजी मावि किचाइले हात पारेको छ । समैजी मावि किचाइले १० स्वर्ण ,४ कास्य र २ रजत सहित उपाधि जितेको हो ।
समैजिले रनिङ सिल्डमा सहभागी २२ विद्यालयलाई पछि पार्दै पहिलो पटक उपाधि जित्न सफल भएको हो । त्यस्तै ४ स्वर्ण ,३ कास्य र २ रजत सहित वीणा मावि बिचुवाले दोस्रो स्थान हात पारेको छ भने ३ स्वर्ण, ४ कास्य र ७ रजत सहित कृष्ण मावि मौवाफाँटाले तृतीय स्थान हात परेको छ । नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा १०५ स्वर्ण पदका प्रतिस्पर्धा भएको थियो ।
कृष्णपुर नगरपालिकाको आयोजना र कृष्णपुर नगर खेलकुद विकास समितिको प्राविधिक सहयोगमा बुधवारदेखि सुरु भएको प्रतियोगिता हिजो (शुक्रवार) समापन भएको थियो । रनिङ सिल्डमा भलिबल ,कबड्डी,एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधामा खेल खेलाइएको थियो । समापन समारोहका प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले आफूले शिक्षा स्वास्थ्य सँगै खेलकुदलाई प्राथमिकतामा राखेकोले खुलेर खेलकुदका गतिविधिमा सहभागी हुन विद्यार्थीहरूलाई आह्वान गरे । उनले आफू योजनाबद्ध तरीकाले अगाडि बढिरहेको भन्दै कृष्णपुरका खेलाडीहरूको बृहत् हितका लागि आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
समापन समारोह कृष्णपुर नगर खेलकुद समितिका अध्यक्ष प्रकाश खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस्तै विशिष्ट अतिथि कृष्णपुर नगर पालिकाकी उपप्रमुख द्रोपती राना,नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत विष्णु दत्त भट्ट  रहेका थिए । अतिथिमा विभिन्न वडाका वडाध्यक्षहरू,विभिन्न खेलसँग सम्बन्धित पदाधिकारी,रनिङ सिल्डमा सहभागी विद्यालयका प्रधानाध्यापक रहेका थिए । हजारौँ विद्यार्थी र दर्शकको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले गरेका थिए ।
सम्बन्धित
Loading...