Skin_Hospital_Dhn

बैतडीमा मृत भेटिए दार्चुलाका खत्री

बैतडी: दार्चुलाका एक पुरुष बैतडीमा मृत फेला परेका छन्।

दार्चुलाको लेकम गाउँपालिका-१ बित्थड घर भएका ५० वर्षीय तिखुरे खत्री मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ६ बांगाबगरमा सडकबाट अन्दाजी २० मिटर तल खाल्डोमा घोप्टो परेको अवस्थामा तिखुरेको शव शुक्रबार साँझ ७ बजेतिर फेला परेको हो।

घटनाका विषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको छ।

मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...