

धनगढीः कैलालीमा लागूऔषध मुद्दामा दोषी ठहर भएर फरार युवती पक्राउ परेकी छिन् । धनगढी उपमहानगरपालिका–८ बुद्ध चोककी २२ बर्षीया मोनिका बुढा वली पक्राउ परेकी हुन्।
वलीलाई धनगढी उपमहानगरपालिका–७ मनेहराबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले हिजो (शुक्रवार) पक्राउ गरेको जनाएको छ । जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ४ महिना कैद सजाय र १० हजार जरिवाना तोकेपछि वली फरार रहेकी थिइन् ।
