
डोटीः डोटीमा खानेपानीको गोदाम घरमा आगलागी भएको छ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ मा रहेको सिलगढी खानेपानी तथा उपभोक्ता सरसफाइ समितिको गोदाम घरमा गएराति करिब १२ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।

प्रहरी कार्यालय डोटीका अनुसार आगलागीबाट गोदाम घर र स्टोर गरेर राखिएको प्लास्टिकको पाइप जलेर नष्ट भएको छ। साथै सोही ठाउँमा पार्किङ गरेर राखिएको मोटरसाइकलसमेत जलेर नष्ट भएको छ। क्षतिको विवरण सङ्कलन भइरहेको डोटी प्रहरीले जनाएको छ। आगलागीको कारण पनि नखुलेको प्रहरीको भनाई छ।
