Skin_Hospital_Dhn

भाटभटेनीद्वारा ‘धनगढी नगरप्रमुख शैक्षिक सुधार कोष’लाई ५ लाख २५ हजार सहयोग

धनगढीः भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ‘धनगढी नगरप्रमुख शैक्षिक सुधार कोष’ मा आर्थिक सहयोग गरेका छन्।

विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा पाठ्य सामग्री खरिदका लागि भन्दै गुरुङले ५ लाख २५ हजार रुपैयाँ उक्त कोषमा आर्थिक सहयोग गरेका हुन्।

गुरुङले ‘धनगढी नगरप्रमुख शैक्षिक सुधार कोष’ मा शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका १०१ जना बालबालिकाका लागि पोसाक तथा पाठ्यसामग्री खरिद गर्न सहयोग गरेको उपमहानगरपालिकाले जनाएको छ।

सम्बन्धित
Loading...