Skin_Hospital_Dhn

प्रदेश सरकारलाई एमालेले बन्धक बनाउन पाइँदैन : सभापति बलायर

धनगढीः नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले प्रदेश सरकारलाई एमालेले बन्धक बनाउन नपाइने बताएका छन्। प्रतिनिधि सभा सदस्य समेत रहेका बलायरले सुदूरपश्चिम सरकारलाई एमालेले बन्धक बनाएको तर्क गरेका हुन्।

आज (शनिबार) कैलालीको गोदावरीमा नेपाली काँग्रेसले आयोजना गरेको नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रदेश सरकारलाई मन्त्रीमण्ड विहिन बनाउन नपाइने बताए। सरकारलाई समर्थन गर्ने तर सहभागि नहुने भनेको बन्धक बनाउने काम मात्र भएको उनको भनाई छ।

उनले समर्थन फिर्ता लिन पनि सुझाए। कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बलायरले पार्टीले गरेको राम्रो कामको समेत कार्यकर्ता र नेताहरूले प्रचार गर्न नसकेको गुनासो गरेका छन्।

यसअघिका मेयर हरिसिंह साउँद र वर्तमान मेयर बिरेन्द्र भट्टको काममा केही न केही फरक त छ होला भन्दै कांग्रेस भएर कांग्रेसले गरेका कामको प्रचार गर्न उनको आग्रह छ।

सम्बन्धित
Loading...