टर्की भूकम्पः २२ हजारभन्दा बढीको मृत्यु
इस्तानबुल ।
स्टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार बिहान गएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् ।
उद्धारकर्मीहरूका अनुसार टर्कीएमा १८ हजार नौ सय ९१ जना तथा सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएका छन् । सिरियाको सरकार नियन्त्रित क्षेत्रमा एक हजार तीन सय ४० जना हताहत भएका छन्भने विद्रोही पकड जमाएको भू—भागमा दुई हजार ३७ जनाले ज्यान गुमाएका छन् ।
विश्व ब्याङ्कले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।