Skin_Hospital_Dhn

बाजुरामा एक पसलमा आगलागी हुदा २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट

बाजुराः बाजुरामा एक पसलमा आगलागी हुदा २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।जिल्लाको त्रिवेणी नगरपालिका–९ का कृष्णबहादुर बिष्टको पसलमा आगलागी भएको हो ।

बिष्ट बुढिगंगा नगरपालिका–२ ताप्रिसेरामा पसल सञ्चालन गरेर बसेका थिए । बिष्टको गोदाममा आज (शनिवार) बिहान आगलागी हुँदा गोदामभित्र रहेका खाद्यान्न, कुखुराको दाना, लत्ताकपडा लगायतका सरसामान जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुलेको छैन ।

सम्बन्धित
Loading...