Skin_Hospital_Dhn

प्रधानमन्त्रीले राष्ट्रपतिलाई गराए भारत भ्रमणबारे जानकारी

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवन शितल निवासमा शनिबार उनीहरूबीच भेटवार्ता भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आसन्न भारत भ्रमणबारे जानकारी गराएका थिए भने अन्य समसामयिक विषयमा पनि कुरा भएको सचिवालयले जानकारी गराएको छ।

प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो १ बजेर २५ मिनेटमा भारत प्रस्थान गर्दैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन्।

प्रधानमन्त्री मोदीको शपथ समारोहको निमन्त्रणा स्वीकार्दै प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्समार्फत् आइतबार दिउँसो त्यसतर्फ जान लागेका हुन्।

भारतको राष्ट्रपति भवनले आइतबार साँझ ७ः१५ बजे शपथ समारोह हुने घोषणा गरेको छ। कार्यक्रममा विदेशी नेतासहित आठ हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ।

सम्बन्धित
Loading...