Skin_Hospital_Dhn

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

धनगढी: कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका-५ गेटाबाट हेमन्त कार्की लागूऔषधसहित हिजो (शनिवार) पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा पैदल हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा धनगढी उपमहानगरपालिका-२ बस्ने २५ वर्षीय हेमन्त कार्कीलाई ५१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित
Loading...