Skin_Hospital_Dhn

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका– १७ बासखेडा, पुनर्वास नगरपालिका– १० चकमेली र, पुनर्वास नगरपालिका– ११ डोकेबजारबाट भन्सार छलीका सामान बरामद गरिएको हो ।

अवैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ५९ हजार १५ रुपैयाँ मूल्य बराबरको पेय पदार्थ, नमकिन, चक्लेट, सुर्ती, बेसन, सुपारी, पानीपुरी, रङ, प्लास्टिक झिल्ली लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित
Loading...