Skin_Hospital_Dhn

टीकापुरमा लागूऔषधसहित एक जना पक्राउ

धनगढीः कैलालीको टीकापुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । टीकापुर नगरपालिका-१ खडेनाबाट नीराजन सिंह लागूऔषधसहित हिजो (शनिवार) पक्राउ पारेका हुन् ।

टीकापुर नगरपालिका-१ खडेनाका १९ वर्षीय नीराजन सिंहलाई शंका लागि चेकजाँच गर्दा २९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित
Loading...