Skin_Hospital_Dhn

प्रतिनिधिसभाको बैठक दुई दिन स्थगित

काठमाडौंः प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज र भोलि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको हो ।

सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले सूचना टाँसेर दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको छ ।

आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २९ गतेदेखि नियमित छलफल हुनेछ ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको बताइएको छ ।

सम्बन्धित
Loading...