
काठमाडौँ: सुनको मूल्य एकै दिन ४ हजार रुपैयाँले घटेको छ। गत साताको शुक्रबारको तुलनामा आज आइतबार ४ हजार रुपैयाँले घटेर सुनको कारोबार सुरु भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ कायम रहेको जनाएको छ। गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ थियो।

यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ छ। गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ थियो।
महासङ्घले आज चाँदीको मूल्य समेत घटेको जनाएको छ। महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा ७५ रुपैयाँ घटेको हो। यससँगै आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम छ।
