Skin_Hospital_Dhn

डडेल्धुराबाट दुई बालक हराए, खोजीदिन आग्रह

डडेल्धुरा: डडेल्धुराका दुई बालक बेपत्ता भएका छन्।

अजयमेरु गाउपालिका-२ टिटाली बस्ने टेकबहादुर शाह र सुरेश शाह दाजुभाईका दुई छाेरा ११ वर्षीय अमृत र ९ वर्षीय ललित बेपत्ता भएका हुन्।

हिजाे (शनिबार) बेलुकी पाँच बजेदेखि गाउँबाटै सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनीहरू सम्पर्कमा नआएकाले कसले कतै देखेमा नजिकैको प्रहरी कार्यालय बुझाइदिन अनुरोध गरिएको छ। यसका साथै
मोबाइल नम्बर 9848881825 र 9848768479 मा फोन गरेर जानकारी गराइदिन पनि आग्रह गरिएको छ।

सम्बन्धित
Loading...