

धनगढी ।
कैलालीमा भन्सार छलीका सामान सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्लाको कैलारी गाउपालिकाबाट एक पुरुष र एक महिला दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
धनगढी उप—महानगरपालिका २ मिलन चोक स्थित प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले जिल्लाको कैलारी गाउँपालिका ९ बस्ने २८ वर्षीय को सुरेन्द्र चौधरी र गोदावरी नगरपालिका बस्ने ४२ वर्षीय भागरथी मल्लले भारत बाट भन्सार छली गरी ल्याएको रु २०,५०० मूल्य बराबरको कुर्ती,साडी, बरामद गरी सम्बन्धित निकायमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
