Skin_Hospital_Dhn

करेन्ट लागेर डडेल्धुरामा विद्युत कर्मचारी घाइते

डडेल्धुरा: डडेल्धुरामा करेन्ट लागेर एक कर्मचारी घाइते भएका छन्।

घाइते हुनेमा परशुराम नगरपालिका–४ कटालका ४८ वर्षीय गणेश बाघ रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

जोगबुढा विद्युत कार्यालयमा काम गर्दै आएका बाघलाई एसटी पोल मर्मत गर्ने क्रममा एक्कासी करेन्ट लागेको थियो। उनको धनगढीस्थित केजी अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित
Loading...