Skin_Hospital_Dhn

भिमबस्तीबाट अबैध काठ बरामद

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भिमबस्तीबाट अबैध काठ बरामद गरिएको छ । भिमबस्तीबाट ६ गोलिया (५६)४९ क्युफिट) अन्दाजी २ लाख ८२ हजार ४५० मुल्य बराबरको अवैध सालको काठ बरामद गरिएको हो ।

उक्त गोलिया इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति र प्रहरी चौकी परासनबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ । गोलियालाई सब डिभिजन वन कार्यालय पचकडियाको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...