Skin_Hospital_Dhn

कैलालीमा एक घरमा आगलागी

धनगढीः कैलालीमा एक घरमा आगलागी भएको छ । जिल्लाको गोदावरी नगरपालिका–४ भ्यागुतेपानीका ४५ वर्षीय बलबहादुर ओलीको घरमा आइतवार आगलागी भएको हो ।

आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायतका सामान गरी अन्दाजी २ लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइ सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

सम्बन्धित
Loading...