Skin_Hospital_Dhn

करेन्ट लागेर अछाममा एक पुरुषको मृत्यु

अछामः करेन्ट लागेर अछाममा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका–१४ पातलकोटका ४१ वर्षीय पदम बोहराको आइतवार करेन्ट लागेर मृत्यु भएको हो ।

बिद्युतको कर्मचारी नभएको बेला सोही ठाउँको सरस्वति आधारभुत विद्यालय भासुबन नजिकै रहेको बिद्युतको ट्रान्समिटर जडित पोलमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर बोहरा घाईते भएका थिए । उनलाई उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

सम्बन्धित
Loading...