Skin_Hospital_Dhn

बझाङको सेती नदीमा डुबेर सशस्त्रका जवानको मृत्यु, गर्दै थिए कृत्रिम अभ्यास

बझाङ: बझाङस्थित सेती नदीमा डुबेर सशस्त्रका जवानको मृत्यु भएको छ।

मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ घर भएका सशस्त्र प्रहरीका जवान २९ वर्षीय नरेन्द्रसिंह धामी रहेका छन्। बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेशन) गर्दागर्दै उनी डुबेका थिए।

सोमबार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त सिमुलेशनका क्रममा उनी डुबेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरीका अनुसार बेहोस अवस्थामा फेला परेका धामीलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बझाङमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो। धामीका श्रीमती र दुई छोरा रहेका छन्।

सम्बन्धित
Loading...