
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहँदै छापावाल सुन तोलाको एक लाख ४१ हजारमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजाबी सुनको मूल्य एक लाख ४० हजार ३०० मा कारोबार भइरहेको छ।

यसअघि आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। महासंघले आज चाँदीको मूल्य स्थिर रहँदै तोलामा १८२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।
