Skin_Hospital_Dhn

अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन नेपाल चिकित्सक संघलाई आग्रह

काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन नेपाल चिकित्सक संघलाई आग्रह गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा शुक्रबार चिकित्सकमाथि प्रहरीले लाठी चार्ज गरेको विरोधमा संघले आज देशभरका स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले आकस्मिक बाहेकका सेवा बन्दको आह्वान गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हिजो (शनिबार) राति विज्ञप्ती जारी गर्दै अस्पताल बन्द गर्ने निर्णयबाट पछि हट्न नेपाल चिकित्सक संघसँग आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर जनिथलाल सिंहलाई ड्युटी सकेर घर जानेक्रममा लाठी चार्ज गर्ने प्रहरीलाई निलम्बन पनि गरिसकिएको छ।

सम्बन्धित
Loading...