Skin_Hospital_Dhn

६ अंकले नेप्से बढ्दा ५ अर्ब ८९ करोडको कारोबार

काठमाडौंः सेयर बजार परिसूचक नेप्से आज ६.३७ अंकले बढेको छ । नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा अडिएको हो । अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३३.१५ अंकले बढेको थियो ।

नेप्से एकल अंकले बढेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ । यसदिन ३१२ स्क्रिप्सको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रुपैयाँमा खरिद बिक्री भए ।

मंगलबार ५ अर्ब ४९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो । आज चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

समृद्धि फाइनान्स, मडि सोलु हाइड्रोपावर, साधना लघुवित्त वित्तीय संस्था र ग्रीन लाइफ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

सम्बन्धित
Loading...