गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो स्वास्थ्य विश्वविद्यालयका रूपमा विकास गरीने

धनगढी ।
गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द विश्वविद्यालयका रूपमा विकास गरीने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द विश्वविद्यालयका रूपमा विकास गर्ने गरी सरकारले निर्णय सरकारले निर्णय गरेको बताएका हुन् ।

Kanun123

आइतबार गेटा मेडिकल कलेजका बारेमा सुदूरपश्चिम क्षेत्रका जनप्रतिनिधि, नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिवलगायतसँग छलफल गर्नुहुँदै उनले सो धारणा राखेका थिए।

नेपालमा आजसम्म पनि स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टीकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पूरा हुने विश्वास लिइएको छ ।

प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन हुने सुदूरपश्चिम प्रदेश स्तरीय औषोगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटनका लागिआउदा यससम्बन्धी थप घोषणा हुने बताइएको छ।

Kailali_mahotsab
सम्बन्धित
Loading...